Wednesday, August 11, 2010

वीर्यदान गर्न सक्दिन म

बिहानी मनोरम छटाको भूमिमा
पहेंलिदै गरेका रवि किरणहरु
पहेंलो समुद्रमा डुबुल्की मार्दा
उत्तरबाट ध्वंसको ध्वाँस र रगतको गन्ध बोकेर
क्षेप्यास्त्र गोता लगाउँछ
त्यहीं कतै युद्धभेदी लडाकु जहाजहरु
शान्तिका प्रवर्तकहरुको इशारामा
प्रतिरक्षाको अभ्यास गर्दैछन्
अबुझ म
चिसिएको शसंकित मन लिएर
सन्नाटा बाँच्छु
आँखीभौँ सल्बलाउँछन् !

हिमाली मनोरम छटाको भूमिमा
बिहानी भालेको डाक नहुँदैं
दूलो पसेका भ्यागुताहरु
ट्वार-ट्वार गर्दै कोकोहोलो गर्छन्
वर्षाको संकेत
खडेरीको मौसममा मेघको महत्व, कठै !

लाचार भएका कोदालाहरु
आकाश नियाल्छन्
जात-प्रजातका भ्यागुताहरुको जोहो गर्छन्

चलेको चलन
ईन्द्र खुशी पार्न, धुमधाम
बिहे गरिन्छ भ्यागुताको
चारै दिशाका पण्डितहरुको मन्त्रोच्चारणमा
खोइ, थोपा खस्दैन आकाशबाट
शीतलताले छुँदैन कतै !
मनमा, तनमा पसिना खल्खली
उफ !


मुस्काउँदै गरेको त्यो बालक
वनकुसुम !
मेरी प्रिय अर्धागिंनीको अंगालोमा खेलाउने रहर
त्यो अधैर्यता
माफ गर प्रिय !यसपाली पनि
वीर्यदान गर्न सक्दिन म
मेरो मनभरि,
आशंका,भ्रम,भय,आक्रोश र जलनको आगो छ
जुन मेरा सन्तानले बोक्न नपरोस
विज्ञान भन्छ, वंषानुगत गुण ।

जहाँ जे भए नि
आऊ, यो साँझ सब बिर्सेंर
समागम गरौं
अलिकति मनको नैरास्यता भगाऔं
प्राकृतिक-अप्राकृतिक
गर्भनिरोधको उपाय कायम राखौं ।

4 comments:

  1. वर्षाको संकेत
    खडेरीको मौसममा मेघको महत्व, कठै !
    मौषम वा प्रकृतिको नियममा बाधिनै पर्छ सबैलाई.. फगत एकै छिनको लागि रोक्न सकिएला, हुन्न भन्न सकिएला तर नियम नियमनै हो, जो मान्नै पर्छ सबैलाई..सहमतीबाट चाही हुने छ सबै.. राम्रो लेखन

    ReplyDelete
  2. कबिता मन छुने खाल्को भैकन पनि चेतना दिने खाल्को छ।

    ReplyDelete
  3. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

कृपया, पढिसकेपछि केही लेख्न नभुल्न अनुरोध !