Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Monday, August 23, 2010

गजल

अलि तिमी हार, हारेँ अलि म, जीत होला हाम्रो !
स्वर्ग हुन नसके नि यो धरामा, हित होला हाम्रो !!

धेरै गायौं पीडामाथि, धुनभरि नाच्यौं रटमा,
त्यागि निन्दा गरे काम,सुखको गीत होला हाम्रो !!

तान्ने खुट्टा,लडाउने, खेल बन्दको बेला भयो,
हित्त-चित्त मिलाइ हिंडे पो, उचित होला हाम्रो !!

सद्भाव र शान्ति बोकी, मेची-काली कलकलाए,
दंग-चितपारी बैरी लोभ्याउने रीत होला हाम्रो !!

Sunday, November 15, 2009

गजल

अर्पिए प्रेम भेटी, नदेख्ने ऊ कस्तो ।
गरेनी प्रेम भक्ति, नसुन्ने ऊ कस्तो ।।

जोतेर खेत सम्म, हराभरा बाली !
ओहो! प्रेम खेती नगर्ने ऊ कस्तो ।।

आहा !बर्सूलाँ साउन, रसिलो जल ,
रोप प्रेम भन्दा, नगन्ने ऊ कस्तो ।।

जीवन पार लाउने प्रेम हो पुल,
गाँस्न कुन्नि किन नमान्ने ऊ कस्तो ।।

जति गाए, बजाए नि प्रेमको धून,
बरा! शर्मले पो ननाच्ने ऊ कस्तो ।।

गजल

धरतीको एउटा कण म कहाँ जून झार्ने कुरा !
गर्दिन म झुटो वाचा प्रिय जालमा पार्ने कुरा !!

ओइली जाने फूलहरु तिम्रा केशमा सिउरेर,
जान्दिन म मेरो माया त्यो मनमा सार्ने कुरा ।।

ठूला कुरा के नै गर्नु अजम्बरी होइन म नि,
साथ तिम्रो पाए जीवन बिर्सिदिउँला हार्ने कुरा ।।

अलिकति जूनको चमक,थोरै-थोरै फूलको रंग,
जिन्दगीको चाह मेरो होइन त्यसै टार्ने कुरा ।।

सुन्दरताका मूलहरु मनको कुना-कन्दरामा,
गरी भूल मान्दिन म चेतनालाई मार्ने कुरा ।।
गर्दिन म झुटो वाचा प्रिय जालमा पार्ने कुरा !!

Saturday, October 24, 2009

गजल

लाटो बोली मेरो गाउने गीत तिम्रो हजुर ।
झुपडी यो मन सजाउने प्रीत तिम्रो हजुर ।।

भत्किजाने बालुवाको बाँध यो होइन,ठानी,
तनको पुष्प जन चढाउने रीत तिम्रो हजुर ।।

कुचक्रका साङ्ला तोडी प्वाँख फट्फटाऊ,
खुशी भइ सब रमाउने जीत तिम्रो हजुर ।।

हाहाकार छ सबैतिर खडेरीले सताएको,
पिए थोपा 'बल' जगाउने शीत तिम्रो हजुर ।।

Monday, October 12, 2009

गजल

छाती भित्र-भित्रै राखी सजाउने रहर मेरो ।
आँखा भरि-भरी हेरी रमाउने रहर मेरो ।।

पवनका लहरमा लहराएको केसराशी ,
फूल सुस्त-सुस्त सजी सुम्सुम्याउने रहर मेरो ।।

गुलाबका पत्र बनी मन हर्ने ती ओंठ ,
भाव मन्द-मन्द बोली फुस्फुसाउने रहर मेरो ।।

मनोरम हिमशैल डुल्दै जीवन कुण्ड,
गीत चिर्बिर-चिर्बिर गाइ गुन्गुनाउने रहर मेरो ।।
आँखा भरि-भरी हेरी रमाउने रहर मेरो ।।

Wednesday, October 7, 2009

गजल

जुनी-जुनी साथ दिने मित्र भेटियो ।
समिकरण जिन्दगीको सुत्र भेटियो ।।

मुर्झाउदै'थ्यो आश तर मन डरेन,
धर्ती-आकाश जोड्ने पुल पत्र भेटियो ।।

कोलाहल दुनिँयाको झेल्नु पर्ने खेल,
जित्ने बाजी अहिंसामै अस्त्र भेटियो ।।

मनको बन्द ढोका खोली छर्ने उज्यालो,
शब्द-शब्द धुन गुन्जिने स्तोत्र भेटियो ।।
समिकरण जिन्दगीको सुत्र भेटियो ।।

गजल

फूल जस्तो जवानी त्यो, हर्ने मन मेरी ।
नशा-नशा मात रंग, भर्ने मन मेरी ।।

न हेरु त लाग्छ कतै, यी आँखाको दया ,
सजाए जो कैद देख्छु , पर्ने मन मेरी ।।

शिरमाथि सजाउने, साँचो मनको धोको ,
किन-किन छुन पनि, डर्ने मन मेरी ।।

देख्छु भुन-भुन भँवरा ती, गीत तिम्रो गाउँने ,
लाटो मेरो गीत मनमै , मर्ने मन मेरी ।।

मुस्काउनु पर्छ तिमी , मेरो ओठको भाव,
चमक तिम्रो झिल्का यहाँ , सर्ने मन मेरी ।।
नशा-नशा मात रंग, भर्ने मन मेरी ।।

Thursday, September 10, 2009

गजल

असल हौ तिमीलाई ठानी प्रीत लाइदिए ।
बहार त्यो आउँला भनी प्रीत लाइदिए ।।

फूल रोपी हिंडेंथे म काँडा उम्रेछौ ,
घोच तिमी पुगेसरी प्रीत लाइदिए ।।

काँध हाली अघि लाए आशनमा पुग्यौ,
छल अब अन्धो मानी प्रीत लाइदिए ।

उज्यालोको लागि थियो बाजी ज्यानको,
छर कालो ध्रिष्ट बनी प्रीत लाइदिए ।

नँगिने जनता सामु आउनेछ दिन ,
सही बस्लान् नसोच पाजी प्रीत लाइदिए ।

Tuesday, September 8, 2009

गजल

रुप तिम्रो चाँदनीझैं हेरिरहूँ जस्तो लाग्छ ।
ओठ तिम्रा गुलाबी ती चुमिरहूँ जस्तो लाग्छ ।।

कम्मर भा'को बारुली त्यो सून्दर खम्बामा,
वशन्तको लता जस्तै झुलिरहूँ जस्तो लाग्छ ।

फुली नाकको चमक दिने हेरि-हेरी कन,
मोहिनी त्यो चक्षु तालमा पौडीरहूँ जस्तो लाग्छ ।

छेउ तिम्रो पुगिकन असिन-पसिन बन्दा,
छाँयामुनि ज्यानको लौ बसिरहूँ जस्तो लाग्छ ।

डाँडा-बेसी, खोचतिर नजरको तीर लाग्दा,
सौम्य त्यो हिमशैलमा खेलिरहूँ जस्तो लाग्छ ।

उफ्रि-उफ्री हरिनझैं खेल्दा थके पछि पनि,
डाँडामुनि चौतारीमै बसिरहूँ जस्तो लाग्छ ।

Sunday, September 6, 2009

गजल

पिलाएर विष , रोगी बनाए देश ।
लुटेर ढुकुटी , जोगी बनाए देश ।।

नाचे दलाल सारा , सडक-सदनमै ,
मासु जति चिथोरी , हड्डी बनाए देश ।।

बेचे जतिथ्यो श्रोत , अमूल्य खजाना,
छोप्न लाज गार्हो , नाङ्गी बनाए देश ।।

परे शरण जो ढोगीं लागेर दक्षिण ,
भुलेर पुर्षे शान, होची बनाए देश ।।

दुख्यो देश टन्टन, उठ्यो चेत ज्वाला ,
टिक्दैन बैरी हेर्नु, भुंग्री बनाए देश ।।