असल हौ तिमीलाई ठानी प्रीत लाइदिए ।
बहार त्यो आउँला भनी प्रीत लाइदिए ।।
फूल रोपी हिंडेंथे म काँडा उम्रेछौ ,
घोच तिमी पुगेसरी प्रीत लाइदिए ।।
काँध हाली अघि लाए आशनमा पुग्यौ,
छल अब अन्धो मानी प्रीत लाइदिए ।
उज्यालोको लागि थियो बाजी ज्यानको,
छर कालो ध्रिष्ट बनी प्रीत लाइदिए ।
नँगिने जनता सामु आउनेछ दिन ,
सही बस्लान् नसोच पाजी प्रीत लाइदिए ।
~खगेन्द्र अधिकारी ''अमृत"~
14 years ago
तपांईका सबै फेस्बूक्मा उपलब्ध रचना आज विहान ३।०० बजे उठेर पढें । र उमेरलाई पनि त्यसमा सामेल गरें । हाम्रो फेसबूकमा बाहेक चीनजानि छैन जस्तो लाग्छ , त्यसले फरक पार्दैन । तपाईंंभित्र रहेको प्रतिभा नेपाली साहित्यको नासो हो , हराउन बिलाउन नदिनु होला ।
ReplyDelete