साँचो बोल्नमा
के को कन्जुस्याँइ हो?
कौडी पर्दैन!
झांगिने प्रेम
रंगी-चंगी जीवन
विश्वाश गरे ।
सम्बन्ध सारा
लोक-परलोकका
आस्थाको जालो ।
~खगेन्द्र अधिकारी ''अमृत"~
14 years ago
जीन्दगीका भोगाइहरुको तितो-मिठो तथा अर्थपूर्ण जीवनको खोजकालागि साहित्यका माध्यमले तपाईंहरुसँग साइनो गाँस्न यो माध्यम रोजेको हुँ । माया आदान-प्रदान गर्नुहोस् ! बसन्तले बहार ल्यायो प्रकृतिमा रंग आयो । हराएको कोइली धुनमा अचानकै ढंग आयो । हिउँद-शरद गर्दा-गर्दै थाकेका थे मेरा पाइला , बुटी; तिम्रै प्रेम रसले एकाएकै उमंग आयो ।
No comments:
Post a Comment
कृपया, पढिसकेपछि केही लेख्न नभुल्न अनुरोध !