Showing posts with label हाइकु. Show all posts
Showing posts with label हाइकु. Show all posts

Wednesday, October 21, 2009

पाँच हाइकु

१.रातो बत्तीमा
लुसुक्क बाटो काट्छ
छाडा चौपाया !

२.राता गाल्लीमा
राता मनको भीड
रंग विहीन !

3.नाङ्गो पहाड
बाटो छेकेर बस्छ
काम न काज !

४.पूर्णेको जून
आँखा भरी सजाएँ
प्यासको मूल !

५.चिसा रातमा
सिरकले छोपिए
मन त चिसै !

Tuesday, September 22, 2009

हाइकु

१. छोरा बिग्रियो
पुर्षाको दोष अरे !
ऊल्लू समाज ।

२. लागेको घाऊ
कोट्यायो , झन बल्झ्यो
जातै बाँदर !

३. अर्काको पीडा
देख्यो , हाँस्यो र नाँच्यो
सभ्य जमात !

Monday, September 21, 2009

हाइकु

१. नलुट डाँका
बनेको बिम्व मेरो;
चन्द्र र सूर्य ।

२. बुद्धको देश
हिमालको आँशुमा,
दुष्टले गर्दा ।


३. विषालु सर्प
मानवको वस्तीमा
बोलीले डस्ने !

हाइकु

१. थुम्का चढे'छि
दुला पस्यो गड्यौंला ।
आहा शीतल !

२. पौड्न नपाए,
माछा पोखरी-ताल ।
संसारै शून्य !

३. घैँटो मुनिको
पवित्र गुफामा छ;
जीवन पथ ।

हाइकु

१. गाउने सधैं
मनको गीत; तिमी
धड्कन मेरो ।

२ कोइली बास्यो
खोज्न जीवन चरी,
बैंशको बेला ।

३ गर्ज्यो बादल
धर्ती चुम्न आतुर ,
पानी भएर ।

हाइकु

१. जति पिए नि
प्यासी बनिने झन ,
तिम्रा अधर ।

२. माछाझैं किन
डुबिरहूँ लाग्ने त्यो ,
तिम्रो पोखरी ।

३. भन्थे बूढाले
नचाख्नु , बानी पर्छ ,
काँचो मासु रे !

Friday, September 11, 2009

हाइकु

१. छोड्नै गार्होभो'
माया होइन मित्र
चुरौटे लत ।

२. भेटै नहुने
घनिष्ठ बन्धु पनि
नपिए पछी ।

३. नशै नशामा
भुल्ने सबका सब
मूर्खको खेल !

हाइकु

साँचो बोल्नमा
के को कन्जुस्याँइ हो?
कौडी पर्दैन!

झांगिने प्रेम
रंगी-चंगी जीवन
विश्वाश गरे ।

सम्बन्ध सारा
लोक-परलोकका
आस्थाको जालो ।

Wednesday, September 9, 2009

पाँच हाइकु

१. हरियो बन
हो नेपालको धन
किराले खाए ।

२. देशको शान
सगरमाथा मुनी
पुड्के जनता ।

३. वीर हौं हामी
गाउँछौं गाथा पुरानो
आफूमैं लडी ।

४. नयाँ नेपाल
किरा, धमिरा, घुन
नौलो स्वागत ।

५. ब्वाँसा, स्यालको
जैविक विविधता
फैल्यो क्रान्तिले ।

Tuesday, September 8, 2009

हाइकु

जति कसेनी
झन चुँडिने डर
प्रेमको गाँठो ।

जाकिदै गयो
मन झनै प्रफूल्ल
प्रेम जालमा ।

जति नजिक
उति बढ्ने धड्कन
प्रेममा पर्दा ।

सपनीमै हो
साथ उनको पाए,
कट्टु भिजेछ !

हाइकु

खायो सत्ता नै
काशी गए मिल्छ है
परमानन्द !

घोच्यो नभन्नु
उखान-टुक्का बोलेको ।
जोकर केपी !

होश गर है
बबुरो कुर्ची ढल्ला ।
बामे सरे'छि !

Sunday, September 6, 2009

केही हाइकु

घैँटो मुनिको
पवित्र गुफामा छ;
जीवन पथ ।

पौड्न नपाए,
माछा पोखरी-ताल ।
संसारै शून्य !

थुम्का चढे'छि
दुला पस्यो गड्यौंला ।
आहा शीतल !

चार हाइकु

मुसाको खोज;
बाघ कजिने जुक्ति!
प्रचण्ड वाणी !

देवी हो छोरी,
आशन दिनु पूण्य ।
गिरि--जा नत्र !

नङ्ग्रा तिखार्न,
अश्त्र बेश अचेल ।
शेरको जप !

लेख न अब;
गोरु ब्यायको कथा ।
मा-ने- प्र.म. भो !

तीन हाइकु

जीउमा लुतो,
अति चिलाउने हो ।
देशमा नेता !

चम्क्यो,बिलायो
थोपा पानी पातमा ।
नेताको बोली !

घुम्छ विदेश,
कुटनीती हो लक्ष्य।
भिखारी ताल!